२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 देशभर अविरल वर्षा

 जेठ अन्तिम सातायता  : '  विपद्‌मा परी १३० को मृत्यु, ९ जना बेपत्ता '

सोमवार , श्रावण ७, २०८१

 

काठमाडौँ, साउन । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरालगायतका विपद्मा परी आइतबार दिउँसोसम्म १३० जनाको मृत्यु भएको छ । 

केन्द्रीय प्रहरीका कार्यालयका  अनुसार काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा पाँच जना, वाग्मती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा नौ जना गरी जम्मा  १३० जनाको मृत्यु भएको छ ।

यसैगरी बाढी पहिराकै कारण आजसम्म काठमाडौँ उपत्यकामा नौ जना, कोशी प्रदेशमा ३४ जना, मधेस प्रदेशमा नौ जना, बागमती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा नौँ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा  १४४ जना घाइते भएका छन् ।

बाढी पहिरामा परी कोशी प्रदेशमा दुई जना, मधेस प्रदेशमा एक जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा एक जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी नौ जना बेपत्ता भएका र उनीहरूकाे  खोजी जारी रहेको प्रहरीको भनाइ छ ।

' बाढीका कारण जम्मा १८२ घर डुबानमा परेका छन् । दुई सय २९ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।'

बाढी पहिराकै कारण आजसम्म  ५८९ वटा पशुचौपायाको मृत्यु ९९८ घरपरिवार विस्थापित भएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार