२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संसदमा संविधान संशोधनको प्रसंग 

सभापति देउवाले भने  :  " सहमतिबाट संसोधन गर्नु उचित हुन्छ भन्नेमा स्पष्ट छौँ "

आइतवार , श्रावण ६, २०८१

 


काठमाडौँ, साउन । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले  सरकारले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूबीच सहमति खोजेरै गरिने बताएका छन् । 

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको  भने, संविधान संशोधन गरी गणतन्त्र र समावेशितालाई सबल बनाउँछौ । 
ुसभापति देउवाले थपे, संविधान प्रारम्भ भएको ८ वर्ष पूरा भएको छ । यसको सबल र दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास हो । 

उनले भने,  संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ । संविधान संशोधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरूबीच संवाद, सहमतिबाट गर्नु उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौं ।ु

संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूबीच संवाद गर्नुपर्नेमा सत्ता पक्ष स्पष्ट रहेको देउवाको भनाइ छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार