काठमाडौँ, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले भ्रष्टाचार नगर्ने र कसैलाई भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा विश्वासको मतको प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारबारे बोलेका हुन् । एउटा कुरा दुनियाँका अगाडी र दुनियाँले सुन्ने गरी भन्न चाहन्छु - भ्रष्टाचार गर्दैनौं ।
भ्रष्टाचार सहन्नौ, कसैलाई भ्रष्टाचार गर्न दिन्नौ ' प्रधानमन्त्री ओलीले भने । उनले भ्रष्टाचारका सबै विषयहरू अनुसन्धान हुने बताए । भ्रष्टाचार र अख्तियारको दुरूपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्छौं । यसमा ढुक्क भए हुन्छु प्रधानमन्त्री ओलीले भने । उनले कुनै कालखण्डमा भएका भ्रष्टाचार पनि छानबिन गर्ने प्रतिबद्धता जनाए ।
' कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचार उपर कानुनी कारबाही अघि बढाउँछौं । भ्रष्टाचारी एक दिन कानुनको कठघरमा पुग्छ भन्ने स्थापित गराउँछौुं प्रधानमन्त्री ओलीले भने । उनले सहकारी पीडितका सम्बन्धमा उचित छानबिन गर्ने र ठगलाई कारबाही गर्ने बताए ।