२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मोदीको शुभकामना  ओलीलाई 

प्रधानमन्त्री मोदीले भने  : " भारतकाे  विशेष प्राथमिकताको साझेदार नेपाल "

शुक्रवार , श्रावण ४, २०८१

 

काठमाडौँ, साउन  । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन । 

द्विपक्षीय साझेदारी अझ उचाइमा पुर्‍याउन र दुवै देशका जनताका आकाङ्क्षाहरू पूरा गर्नका लागि आफू प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्न तत्पर रहेको शुभकामना सन्देशमा जनाएका छन । 

प्रधानमन्त्री ओलीको नेतृत्व र बहुमूल्य अनुभवले दुई मित्र राष्ट्रबिचको व्यापक सहकार्य सकारात्मक दिशामा अघि बढ्ने र यो दुवै देशका जनताका लागि लाभदायक हुने विश्वास प्रधानमन्त्री मोदीले सन्देशमा व्यक्त गरेका छन ।  

भारतको ‘छिमेकी पहिले’ नीति अन्तर्गत नेपाल विशेष प्राथमिकताको साझेदार रहेको उल्लेख गर्दै सन्देशमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सरकार नेपालको आर्थिक समृद्धि र विकास प्राथमिकताको खोजीमा स्थिर साझेदार हुन प्रतिबद्ध रहेको जनाएका छन । 

उनले पारस्परिक लाभको साझेदारीलाई मजबुत पार्दै र नयाँ सहयोगका क्षेत्रहरूको अन्वेषण गर्दै अगाडि बढ्ने तत्परता व्यक्त गरेका छन ।  

प्रधानमन्त्री ओलीले नेपालको ४५औँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन ।   

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार