काठमाडौँ, साउन । सभामुख देवराज घिमिरेले संसद्का आगामी कार्यक्रमबारे संसद्का राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन ।
बिहीबार सभामुख घिमिरेले संसदमा सहभागी राजनीतिक दलका प्रमुख सचेतकहरूसँग संसद्का आगामी कार्यक्रमबारे छलफल गरेका हुन ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते संसदमा विश्वासको मत लिने र त्यसलाई व्यवस्थित बनाउनेबारे छलफल भएको सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग ६, ७ र ८ गते संसद् चलाउने, ९, १० र ११ गते समितिको बैठक चलाउने र १३, १४ र १५ गते पुनः संसद् सञ्चालन गर्नेगरी १५ दिने कार्यतालिका बनाएको उनले बताए ।
प्रमुख सचेतक बर्तौलाले समितिमा विचाराधीन विधेयकमा घनीभूत छलफल चलाएर चाँडोभन्दा चाँडो विधेयक संसदमा पठाउने, समितिका खालि सदस्य छिट्टै पूर्ति गर्ने र संयुक्त समितिमा सदस्य र सभापति पनि छिट्टै चयन गर्नेगरी सभामुख घिमिरेले छलफल अघि बढाउनुभएको जानकारी दिए ।