२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस -  एमाले सहकाय

प्रधानमन्त्री ओली  : ' प्रतिनिधिसभाबाट साउन ६ मा  विश्वासको मत लिने'

बुधवार , श्रावण २, २०८१

 


काठमाडौँ, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट साउन ६ गते  विश्वासको मत लिने भएका छन् ।कांग्रेसको समर्थनमा संविधानको धारा ७६ (२)  बमोजिम प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष ओलीले जसपा र लोसपालाई पनि सरकारमा सामेल गराइसकेका छन् ।

अन्य साना दलहरुलाई समेत समेटेर ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् । 

एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेको सञ्चारकर्मीलाई जानकारी दिएका छन ।

कांग्रेस र एमालेले असार १७ गते सहमति गर्दै मुलुकलाई स्थायित्व दिने भन्दै गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेका थिए ।  त्यही सहमति बमोजिम ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यही अनुसार ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार