काठमाडौँ, असार । प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीको शपथ ग्रहण कार्यक्रम सोमबार बिहान ११ बजे हुने भएको छ ।
राष्ट्रपतिको कार्यालयले आइतबार साँझ ५ बजेपछिमात्र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त हुने भने पनि त्यसअघि नै सोमबार बिहान ११ बजे शपथ हुने भन्दै सहभागीताका लागि सर्कुलर जारी गरिएको हो ।
गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन नसकेपछि राजीनामा दिएका थिए ।
त्यस लगत्तै शुक्रबार राति एमाले अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनसहित संविधानको धारा ७६ (२) अनुसार दाबी पेश गरेका थिए ।
राष्ट्रपतिको कार्यालयले आइतबार साँझ ५ बजेसम्मको समय दिएकाले त्यसपछिमात्रै नियुक्ति र शपथको प्रक्रिया शुरु हुने जनाएको थियो ।