२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 'कांग्रेस- एमाले २०४७ को संविधान फर्काउने प्रयासमा'  :  प्रधानमन्त्री दाहाल

' मा‌ओवादी  राष्ट्रियसभाको सबैभन्दा ठूलो दल, किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन  ?' 

शुक्रवार , आषाढ २९, २०८१

 

काठमाडौँ, असार । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस -  एमालेले २०४७ सालको संविधानको व्यवस्थामा फर्किन लागेको आरोप लगाएको छन् । 

उनले विश्वासको मतको प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै कांग्रेस - एमालेको सहमतिप्रति आशंका गरेका हुन् ।

उनले साना दलको अस्तित्व समाप्त गर्ने र समानुपातिक समावेशीको व्यवस्था पनि हटाउने तर्फ लागेको बताए । उनले इतिहासलाई पछाडी फर्काउन खोजिन थालेको उल्लेख गरे ।

दुई ठूला राजनीतिक दलले स्थायित्वको नारा दिनुभएको छ । राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल मा‌ओवादी केन्द्र हो । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ? उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार