२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस 

महामन्त्री थापाले भने  : "  संविधान संशोधन एक दलले मात्र  चाहेर हुँदैन "

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्नेगरी संविधान संशोधन हुँदैन

बिहिवार , आषाढ २८, २०८१

 

विराटनगर,  असार ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए । 

“दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ”, उनले भने । 

महामन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्षनेताबीच भएको सातबुँदे समझदारी पालना गरिने बताए । 

पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने उहाँको भनाइ थियो । महामन्त्री थापाले सातबुँदे समझदारीबारे पार्टीको कार्यसम्पादन समितिमा बृहत् छलफल भएको र यसलाई पार्टीले स्वीकार गरेको उल्लेख गर्दै लिखित समझदारीलाई कसैले पनि हलुका रुपमा लिन नहुने बताए । 

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सरकार बने पनि प्रतिपक्ष कमजोर बन्न नहुने बताए । 

उनले प्रतिपक्ष कमजोर भए सत्तापक्ष निरङ्कुश बन्न सक्ने उल्लेख गर्दै संविधानको अक्षरसः पालना गर्दै त्रुटि सच्याउँदै जानुपर्ने बताए । संविधानको मूल मर्ममा कुनै संशोधन नहुने उनको भनाइ थियो । रासस

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार