२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक

प्रमुख सचेतक लेखकले भने  : " सरकारमा रहुँन्जेल संसदप्रति उत्तरदायी बन "

' सरकारले विश्वासको मतका लागि ३० दिन नै लेओस् '

मंगलवार , आषाढ २६, २०८१

 

काठमाडौँ, असार । प्रमुख प्रतिपक्ष  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान अनुसार विश्वासको मत लिन व्यवस्था गरिएको ३० दिनकै समय प्रधानमन्त्री पुष्पकमल दाहालले लिएपनि आपत्ति नहुने बताएका छन् । तर, सरकारमा बसेसम्म सदनप्रति जिम्मेवार हुनुपर्ने बताए । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख सचेतक लेखकले सरकारले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोपबाट कति जनधनको क्षति भएको हो भन्ने कुराको यकीन जानकारीका साथै उद्धार र राहतमा के काम भइरहेको छ भन्ने कुराको जानकारी गराउनुपर्ने माग गरे ।

'सरकार विश्वासको मत लिने तयारी गरिराख्या छ । संविधान अनुसार सरकारले पाउनुपर्ने समय पाउनुपर्छ भन्ने कुरा उठ्या छ, त्यसमा केही द्विधा छैन । '

सरकारले पूरै ३० दिन लेओस् । हिजो २८ गते त थोरै मात्र हुन्छ २१ दिन थप्न सकिन्छ पनि भन्नुभयो, त्यो पनि थप्दा हुन्छ । आपत्ति छैन,' लेखकले भने, 'सरकार हुँदासम्म त सदनका प्रति उत्तरदायी भइदिनुपर्‍यो ।'

भनिदिनुपर्‍यो कति मानिसहरूको मृत्यु भएको हो ? कति घाइते भएका छन् ? कतिको उपचार भइरहेको छ ?'

सरकारले अहिले अविरल वर्षका कारणले बाढी, पहिरो, डुबानले ल्याएको समस्याका बारेमा सदनमा जानकारी गराउनुपर्ने लेखको भनाइ थियो ।

मुलुकमा प्राकृतिक प्रकोपको कारणले भएका क्षतिको जानकारी पत्रपत्रिकामा प्रकाशित तथ्यांक पढेर जानकारी पाउनुपर्ने बाध्यता रहेको लेखकको भनाइ थियो । 

सरकारको जिम्मेवारीमा रहेसम्म जनता र संसद्प्रति जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार