२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री' : कांग्रेस सांसद बडू

आइतवार , आषाढ २४, २०८१

 

काठमाडौँ, असार । कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने बताएका छन् । 

कांग्रेस–एमालेबीच पहिलो चरणमा ओलीलाई प्रधानमन्त्री बनाउने समझदारी भएकाले त्यसको कार्यान्वयन हुनेमा आशंका नगर्न पनि उनले आग्रह गरे

आईतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद बडूले पहिलो चरणमा ओली र दोस्रो चरणमा कााग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दुई दलको समझदारी इमान्दारिताका साथ कार्यान्वयनमा जाने उल्लेख गरे ।

‘७६ (२) कार्यान्वयन गर्नेगरी हामी एक ठाउामा आएका हौं । त्यसमा पहिलो पालो नेकपा एमालेका आदरणीय नेता माननीय केपी ओलीजी हुनुहुन्छ ।

दोस्रो पालो माननीय शेरबहादुर देउवाजी हुनुहुन्छ नेपाली कांग्रेसको सभापति । त्यो समझदारी इमान्दारिताका साथ । केका लागिभन्दा राजनीतिक स्थिरता दिने कुरामा हामी एक ठाउामा आएका हौं भने हामीले त्यो कुरा मेन्टेन गर्नु पर्‍यो नि ! त्यो गर्छौंं । 

'अहिले त्यही विश्वासका साथ हेरिनुपर्छ । यो आशंकाले ठाउँ पाउँदैन । र हामीले जे गरिराखेका छौं, त्यो जनताले पनि देखिराखेका छन् नि १ त्यसकारणले यसमा सबै आफ्नो प्रतिवद्धतामा सबै इमान्दारिताका साथ जानुपर्ने अवस्था छ,'सांसद बडूले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार