२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नारायणीमा पानीको सतह बढ्यो :' गण्डक ब्यारेजका सबै ढोका खोलिए '

आइतवार , आषाढ २४, २०८१

चितवन, असार । शनिबार बिहानदेखि  नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएको छ ।  निरन्तरको बर्षाले वहाव बढ्दै गएपछि  गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व( को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)  सबै ढोका खोलिएका हुन् । 
 
गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा विनयी त्रिवेणी–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको जनाईएको छ । 

गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका सबै ढोका खोलिएका हुन । आज बिहान ७ः ००बजे गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ४० हजार ७५० क्युसेक मापन गरिएको छ । 

नदीमा शनिबार दिउँसोदेखि पानीको बहाव निरन्तर बढिरहेको छ ।  शनिबार दिउँसो १२ बजे नदीमा पानीको बहाव एक लाख ६१ हजार क्युसेक थियो । त्यसपछि निरन्तर पानीको बहाब बढ्दो क्रममा छ । 

गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि सिँचाइका लागि लगिएको नहरको ढोका बन्द गरिएको अधिकृत हरिजनले जानकारी दिए । 

गण्डक ब्यारेजको क्षमता नौ लाख क्युसेक भए पनि अहिले ब्यारेज पुरानो भएको कारण पानीको बहाव ६ लाख क्युसेकसम्म धान्न सक्ने बताइएको छ । ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दो क्रममा छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार