२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ

मनसुनी वायुको प्रभाव  देशभर : "  मंगलबारसम्म अझै देशभर  वर्षा हुने "

सबैभन्दा कम वर्षा :  जुम्लामा ६ मिलिमिटर 

आइतवार , आषाढ २४, २०८१

 

काठमाडौँ, असार ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा  पूर्वदेखि पश्चिमसम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित रहेको जल तथा मौसम बिज्ञान विभाग मौसम ूिर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार, हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।  

कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि  धेरै भारी वर्षाको सम्भावना रहेको छ । 

साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक–दुई  स्थानमा  अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज त्यस्तै राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेको बुलेटिनका अनुसार, मंगलबारसम्म नै वर्षा हुने उल्लेख छ । सचेत रहनसमेत आग्रह गरिएको छ । 

शनिबार सबैभन्दा बढी दाङको घोराहीमा २८५.५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा २२८ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा भने ९२.२ मिलिमिटर वर्षा भएको छ । 

सबैभन्दा कम जुम्लामा ६ मिलिमिटर वर्षा भएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार