काठमाडौँ, असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आइतबार बिहान १० बजे संसद् भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सञ्चारकर्मीलाई बताएका छन।
नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै सत्ता साझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उनले बताए ।