२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नारायणगढ क्षेत्र

शनिबारदेखि चितवनमा लगातार वर्षा   : "  नारायणीले सतर्कता तह नाघ्यो "

माडीमा खोला बढेपछि ठोरी चल्ने गाडी रोकिए

शनिवार , आषाढ २३, २०८१

 

चितवन, असार । नारायणी नदीको नारायणगढ देवघाट क्षेत्रमा जल  सतह बढेको छ । शनिबार सबेरैदेखि चितवनमा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण जिल्लाको दक्षिणी भेग माडीका खहरे खोलाहरूमा बाढी आउँदा यातायता सेवा प्रभावित भएको छ ।


चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै बिहान १० बजेर ४० मिनेट जाँदा नारायणी नदी देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको जनाएको छ । 

जल सतह बढ्दो क्रममा रहेको हुँदा नदी तटका बासिन्दालाई सजग रहन प्रशासनले अपिल गरेको छ । साँझसम्म उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । चितवनमा पानी रोकिने संकेत देखिएको छैन ।

शनिबार बिहान साढे ११ बजे नारायणगढस्थित नारायणी पुलमुनी पानीको तह १० दशमलब ७७ मिटर पुगेको छ । नारायणगढमा ११ मिटर माथि पुगेपछि खतराको तह भन्ने बुझिन्छ ।

त्यसैगरी भरतपुर माडी ठोरी हुलाकी सडकमा चल्ने यातायात प्रभावित भएका छन् । इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खोलाहरू बढेपछि माडीबाट ठोरी जाने सबै गाडीहरू बन्द भएका छन् । 

माडी चितवन सदरमुकाम भरतपुरबाट दक्षिण निकुञ्जको जंगल पारी रहेको बस्ती हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार