२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस 

कांग्रेस संसदीय दलको बैठक बस्दै : ' एमालेसँग सत्ता सहकार्यबारे 'ब्रिफिड'  हुने '

शनिवार , आषाढ २३, २०८१

 

 
काठमाडौँ, असार  । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । उक्त बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ । 

यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी ृएमाले सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन ।  

असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो । 

आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिन सङ्घीय संसद्लाई जानकारी गराउनुभएको छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार