काठमाडौँ, असार । प्रतिनिधिसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ मा विश्वासको मत लिने बताएका छन । नयाँ सरकार बनाउन कांग्रेस र एमालेबीच सहमति भएपछि प्रधानमन्त्री दाहालले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको छ ।
तर प्रधानमन्त्री दाहालले भने संविधानको व्यवस्था बमोजिम विश्वासको मत लिने तयारी अघि बढाएका जनाइएको छ ।
दुइ ठूला दलबीच सहमति भएसँगै प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने तयारी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सञ्चारकर्मीलाई बताएका छन ।
उनले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन संसद् सचिवालयलाई पत्राचार समेत गरिसकेको जानकारी दिए ।
गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ समीकरण बनाउँदै सरकार गठन र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो।