२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा एकीकृत महाधिबेशन 

सर्बसम्मत नेतृत्व चयन :  ' अध्यक्षमा नेपाल र महासचिवमा भुसाल'

पुरानै पदाधिकारी दोहोरिए

बिहिवार , आषाढ २१, २०८१

 

काठमाडौँ, असार । नेकपा एकीकृत समाजवादी (एस) मा सर्वसम्मत नेतृत्व चयन भएसँगै पुरानै पदाधिकारी दोहोरिएका छन् । 

अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाल दोहोरिएका छन् । 

यी तीन पदमा सर्वसम्मत भएको छ भने अन्य पदहरु शुक्रबार बिहानसम्म सहमतिमा टुंगो लगाइने जनाइएको छ । 

यसअघि माधवसँग झलनाथ र घनश्यामले अध्यक्षमा भिड्ने तयारी गरेका थिए । पुरानै पदमा सहमति भएसँगै तीनै जना नेताहरु बाँकी पद मिलाउन छलफलमा बसिरहेका छन् । 

पाँच दिनदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको महाधिवेशनले २१ पदाधिकारीसहित  २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार