२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मौसम विज्ञान विभाग भन्छ

देशभर पूर्णतया बदली रहने  :  "  प्रदेशमा  कहाँ - कहाँ भारी बर्षा हुँदै ? " 

बिहिवार , आषाढ २१, २०८१

 

काठमाडौँ, असार ।  हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । देशैभर केही स्थानहरूमा मेघ गर्जन(चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । देशैभर केही स्थानहरूमा मेघ गर्जन(चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार