काठमाडौँ, असार । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास भइरहेको बताएका छन् ।
उनले एउटै मोर्चामा बसेर अहिले पनि काम गरिरहेकाले पार्टीको महाधिवेशनबाट एकताको ठोस प्रस्ताव पारित गर्न आग्रह गरेका छन् ।
'एकीकृत समाजवादी र माओवादीबीच एउटै '
'जनताका आवश्यकतालाई सम्बोधन गरियोस् । कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा निर्णय गर्नुहुन्छ भन्नेमा शुभकामना दिन चाहन्छु ।'
उनले माओवादीलाई अलिक नजिक भनेर नेकपा एसले दस्तावेजमा भनेको उल्लेख गरे । उनले नेकपा एसको दस्तावेजमा राजनीतिक शक्तिको मूल्यांकन गर्दा अस्थिर भएको भन्ने वाक्यांशबारे दाहालले चित्त दुखाए ।
' नेपाल संविधन सभामा गयो, गणतन्त्रमा गयो समृद्धिमा गयो । प्रचण्ड अस्थिर नभएको भए यस्तो हुने थिएन । प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुँदैनथ्यो ।
शान्ति सम्झौता पनि हुने थिएन, ' प्रधानमन्त्री दाहालले भने, ' गतिशीलता भनेको के हो ? किलो जस्तो एक ठाउँमा बसिराख्नु मार्क्सवाद हो कि ? पानीको पोखरी जस्तो मार्क्सवाद हो ? कि गडगडाउँदो नदीजस्तो मार्क्सवाद हो ? तपाईंहरुले यो कुरा विचार गर्नुपर्छ । मार्क्सवाद एउटा किलो जस्तो होइन । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर निष्कर्ष निकाल्नु मार्क्सवाद हो ।'
उनले मञ्चमा रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई देखाउँदै माओवादीहरू एक ठाउँमा नबस्ने बताए । 'माओवादीका साथीहरू हामी एक ठाउँमा बस्ने भन्ने हुँदैन ।