२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल समाजवादी पार्टी

अध्यक्ष भट्टराई भन्छन  : ' भूराजनीतिक सन्तुलन मिलाए  देश समृद्ध बन्छ ' 

शनिवार , आषाढ १६, २०८१

 

काठमाडौँ, असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताएका छन ।  

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो। उनले नेपालले भूराजनीतिक सन्तुलन मिलाउनसके देश बन्ने बताए । 

 उनले नेपाल ऐतिहासिक कारणले पछि परेको भएपनि जैविक, वातावरणीय रुपले हामी पछाडि नपरेको बताए । उनले नेपाल समृद्ध बन्न पछिल्लो ज्ञान, विज्ञाए । 

उनले नेपालको बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र नेपालको मौलिकता भएको बताए। उनले आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत बनाउन जरुरी रहेको बताए। उनले समावेशी र सहभागितामुलक लोकतन्त्रलाई अझ माथि पुर्याउने गरी काम गर्नुपर्ने बताए । 

उनले भने, ‘‘नेपाल पछाडि परेको ऐतिहासिक कारणले हो। हामी हाम्रो जैविक, वातावरणीय रुपले पछाडि परेका छैनौँ। नेपाल समृद्ध बन्नसक्छ। शर्त के हो भने हामीले पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनुपर्छ।

नेपालको जुन एउटा बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र हो यो नेपालको मौलिकता हो भन्ने कुरालाई पनि स्वीकार्नुपर्छ।’’

अध्यक्ष भट्टराईले सक्रिय शान्तिवादको नीति बनाएर भारत र चीनसँगका समस्या समाधान गर्नुपर्ने बताए। नेपालले रक्षात्मक तयारी गर्ने तर युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने उल्लेख गरे। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार