२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 " देशमा केही पनि भएको छैन भन्नु गलत " :  प्रधानमन्त्री दाहाल

शुक्रवार , आषाढ १५, २०८१

 

काठमाडौँ, असार ।  वामपन्थी एकताको प्रक्रियामा अघि बढिसकेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । शुक्रबार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरण लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले  बामपन्थी एकताको कुरा गरेका हुन् ।

प्रधानमन्त्री दाहालले भने, नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरु गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्छ । हामी एकताको प्रक्रियातिर अघि बढि नै सकेका छौं । यसलाई सफल पार्न हामी सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । ’ 

क्रान्ति र परिवर्तनका उपलब्धिहरु संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकारले अहिले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको दाबी गरे ।

‘क्रान्ति र परिवर्तनका उपलब्धिहरु संस्थागत गर्दै समाजवादको आधार तयार पार्न यतिबेला सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ । 

सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवं प्रगतिशिल शक्तिको साथ र सहयोग रहने विश्वास व्यक्त गर्न चाहन्छुु उनले भने,' देशमा केही पनि भएको छैन, भन्ने भाषा गलत हो ।'

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार