२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राष्ट्रियसभा बैठक छलफल

सांसदले छलफलमा  भने : " नीतिगत भ्रष्टाचार अन्त्य नभएसम्म देश बन्दैन"

'कर तिर्ने जनतासँग कर्मचारीको व्यवहार र सरकारको नीति करमैत्री छैन'

सोमवार , आषाढ ११, २०८१

 
काठमाडौँ, असार  । नेकपा (माओवादी केन्द्र) की सांसद गङ्गाकुमारी वेल्वासेले मुलुकमा नीतिगत भ्रष्टाचारको अन्त्य नभएसम्म भ्रष्टाचारमुक्त देश बन्न नसक्ने बताएकी छन । उनले  यसका लागि जनचेतना जगाउन आवश्यक रहेको उल्लेख गरेकी छन ।  

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद वेल्वासेले निकुञ्जसम्बन्धी कानुनमा देखिएका समस्यालाई परिमार्जन गर्न आवश्यक भएको बताएका छन ।  

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद रुक्मिणी कोइरालाले समाजमा पितृसत्तात्मक सोचका कारण महिला हिंसामा पर्ने गरेका उल्लेख गर्दै नियन्त्रण गर्न अभियान चलाउन सरकारको ध्यानाकर्षण गराएकी छन । 

नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय साझा प्रकाशन आर्थिक सङ्कटबाट गुज्रिरहेको र दयनीय अवस्थामा रहेको उल्लेख गर्दै यस्ता संस्थालाई जोगाउन सरकारसँग माग गरे । 

नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले कर तिर्ने जनतासँग कर्मचारीको व्यवहार राम्रो नभएको र सरकारको नीति पनि करमैत्री नदेखिएकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार