२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काठमाडौं उपत्यका चक्रपथ

चक्रपथ दोस्रो खण्ड निर्माण : ' काठमाडौंका ९ सांसदले दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव'

बुधवार , आषाढ ६, २०८१

 

काठमाडौँ, असार । काठमाडौंबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले चक्रपथ निर्माणबारे जरुरी महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

कांग्रेस सांसद प्रदीप पौडेल प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थकमा कांग्रेस र रास्वपाका सांसद रहेका छन् ।

काठमाडौं उपत्यकाको चक्रपथ दोस्रो खण्ड बिस्तार परियोजना अलपत्र परेकाले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुपरेको प्रस्तावमा उल्लेख छ ।

सडक आसपासबाट निक्लिने धुलो, धुँवा र वातावरण प्रदूषणले आम नागरिकको स्वास्थ्यमा दीर्घकालीन असर परेको हुँदा स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकमा असर परेकाले छलफल गर्नुपर्ने उल्लेख छ ।

'विकास निर्माणको कार्यमा ढिलासुस्ती हुँदा राज्य जवाफदेही हुन नसकेको र आम नागरिकमा निराशा बढ्दै गएको कारणले राज्यलाई आफ्ना काम कारबाहीप्रति जिम्मेवार जवाफदेही बनाउन ' प्रस्ताव दर्ता गराइएको भनिएको छ ।

संसद्मा चक्रपथ बिस्तार २ वर्षमै गर्नेबारे नेपाल र चीनबीच दुईपक्षीय सम्झौता भएको ५ वर्ष बितिसक्दा पनि काम सम्पन्न नभएको भन्दै त्यसको कारणबारे छलफल गर्नुपर्ने प्रस्तावको कारणमा उल्लेख गरिएको छ ।

'नेपाल र चीन सरकारबीच विगतमा भएको सम्झौता मुताविक रिङरोड विस्तार कार्य अघि बढ्नेरनबढ्ने निर्क्यौल गरी अघि बढाउन नसक्ने परिस्थिति रहेमा नेपाल सरकारले आफ्नै स्रोतबाट लगानी गरी अविलम्ब विस्तार कार्य अघि बढाउने,' प्रस्तावमा उल्लेख छ ।

सांसद पौडेलले दर्ता गराएको प्रस्तावका समर्थकमा सांसदहरू गगन थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, राजन केसी, सोबिता गौतम, गणेश पराजुली, अम्बिका बस्नेत र सपना राजभण्डारी रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार