काठमाडौँ, जेठ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्रीको विदेश भ्रमणबारे जानकारी नदिएर संसद्प्रति अपमान गरेको भन्दै आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुमै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथमा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच दिनबितिसक्दा पनि कुनै जानकारी नदिएको प्रश्न गरे ।
उनले यही बीचमा राष्ट्रपति समेत विदेश भ्रमणमा रहेक कुरा आफूहरुले पत्रिका पढेर मात्र थाहा पाएको उल्लेख गर्दै यसले संसदीय अभ्यासको उल्लंघन र अपमान भएको बताए ।
आगामी बैठकमा दुवै भ्रमणमबारे जानकारी गराउनका लागि प्रमुख सचेतक लेखकले सभामुखबाट रूलिङको माग गरेका छन् ।
ुप्रधानमन्त्री भारत भ्रमणबाट फर्केर आएको पनि पाँच दिन भइसकेको छ । नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल धैर्यता पूर्वक रचनात्मक प्रतिपक्षका रुपमा कुरेर बसेका थियौं । प्रधानमन्त्री सदनमा उपस्थिति हुनु होला । भारत भ्रमणको बारेमा जानकारी गराउनु होला ।
सदनले थाहा पाउँछ भनेर कुरेर बसेका थियौं । तर पाँच दिनसम्म प्रधानमन्त्री सदनमा आउन सक्नुभएन । मैले स्मरण गराउनुपर्ने भयोु प्रमुख सचेतक लेखकले भने,ु प्रधानमन्त्री सदनको नेता हो । कार्यकारी प्रमुख हो । उहाँ विदेश भ्रमणमा जाँदा सदनले थाहा पाउन पत्रिका बढेर थाहा पाउनुपर्ने अवस्था छ ।
प्रतिपक्षका हैसियतले सदनको नेता हो भनेर स्मरण गराउनुपर्ने मेरो सौभाग्य हो की, सरकारको दुर्भाग्य हो । अर्को विषय राष्ट्र प्रमुख राष्ट्रपतिज्यु मुलुक बाहिर जानुभएको छ ।
राष्ट्रप्रमुख देश बाहिर जानुहुन्छ । सरकार प्रमुख प्रधानमन्त्री देशबाहिर जानुहुन्छ । तर सदनले राष्ट्रपति र प्रधानमन्त्री देश बाहिर गएको कुरा अखबार बढेर थाहा पाउनुपर्ने दुर्भाग्य भन्नुपर्छ ।
सरकारका कारणले संसदको न्युनतम गरिमा र मर्यादा पनि कायम गर्ने काम भएन । यो खेदजनक छ ।’
प्रमुख सचेतक लेखकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सदनका बोलेको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ मागे । उनले गृहमन्त्री लामिछानेले केही समयअघि कांग्रेस नेताहरूमाथि लगाएको आरोपको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उल्लेख गरे ।
उनले सदनमा प्रधानमन्त्री नपाएर प्रतिपक्षले माग गरेका विषयमा जानकारी दिन तयारी गरेर एकैचोटी जवाफ दिन खोज्नुभएको हो ? भन्दै प्रश्न गरे ।
उनले प्रधानमन्त्री सदनमा नआएर जवाफ दिन नसकेर डराएर भाग्न खोज्नुभएको हो कि ? भन्ने अनुमान गर्नु पर्ने अवस्था आएको बताए ।
ुप्रधानमन्त्री सदनमा देखिएका छैनन् । केही समय पहिला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो सदनमै रहेको नेताहरूमाथि अत्यन्तै ज्यादा लाञ्छनापूर्ण आफ्ना अभिव्यक्ति दिए ।
हामीले प्रधानमन्त्रीसँग उनले अभिव्यक्त गरेको कुरामा जवाफ दिनुपर्छ भनेर माग गरेका छौं। मैले के विश्वास गरौं हामीले माग गरेको विषयमा तयारी गरेर बस्नुभएको हो कि ? त्यो तयारी सकिएपछि मात्रै एकैचोटी जवाफ दिन्छु भनेर आउनुहुने हो कि ? अथवा त्यसको जवाफ दिन नसकेर डराएर भाग्न खोज्नुभएको हो कि ? मैले के अनुमान गर्ने ?