२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक : आज उद्योग, भूमि व्यवस्था र स्वास्थ्य मन्त्रालयसम्बन्धी छलफल  हुँदै

बिहिवार , जेठ ३१, २०८१

 

काठमाडौँ, जेठ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न तीन मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुने भएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने जानकारी गराए । 

प्रतिनिधिसभामा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको थियो । 

 प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ३१ गते बिहीबार बिहान ११ बजे बस्ने छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार