काठमाडौँ, जेठ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा सरकारले बलमिच्याइँ र तानाशाही प्रबृत्ति देखाएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभामा अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएपछि बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारको कार्यशैलीको समीक्षा गरेको हो ।
बैठकपछि पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदीय मुल्य मान्यताको खिलाफमा गएको बताए ।
'नेपालको संसदीय मान्यतामा पनि संसद् विपक्षको हुन्छ भन्ने मान्यता स्थापित छ । आज सभामुखले विपक्षीलाई बोल्न दिनुभएन । बहुमतको सत्ताक पक्षको दम्भ देखियो ।
सत्तापक्ष असहिष्णु भयो संदसीय मुल्यमन्त्यताको खिलाफमा उभियो ' प्रमुख सचेतक लेखकले भने,'हामी सरकारलाई लोकतन्त्रका मुल्यमान्यता विपरीत नजान चेतावनी दिन्छौं ।