२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक 

कांग्रेसद्वारा संसद्‌मा वेल घेराउ  : ' प्रधानमन्त्रीले विश्वासको मत लिने अनिश्चित '

गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद बैठक सुचारु हुन नदिने अडान

सोमवार , जेठ ७, २०८१

 


काठमाडौँ, जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची रहेको भएपनि कांग्रेसले संसद बैठक अवरुद्ध पारेसँगै अनिश्चित भएको हो ।

प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने काममा अवरुद्ध नगर्न आग्रह गरे । तर कांग्रेस सांसदहरुले बैठक अवरुद्ध गरे ।

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद बैठक सुचारु हुन नदिने अडान लिएको छ । 

आजको बैठकमा सभामुखले सरकारी कार्यसूचीमा प्रवेश गर्न लागेसँगै कांग्रेस सांसदहरुले वेल घेराउ गर्न पुगेका हुन् । 

सभामुखले प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको भन्दै त्यसका लागि रोस्ट्रममा जाने वातावरण बनाइदिन अनुरोध गरेका थिए । तर कांग्रेसको अवरोध नहटेपछि सभामुखले बैठक अघि बढाउन सकेनन् । त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार