काठमाडौँ, जेठ । कांग्रेस लगायतका विपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामछानेलाई प्रतिनिधिसभामा उनीमाथिका उठेका प्रश्नहरूको जवाफ दिनेगरी बोल्न अवरोध नगर्ने निर्णय गरेका छन् ।
विपक्षी दलका नेताहरूको संसद् भवनमा भएको बैठकले लामिछानेलाई बोल्न अवरोध नगर्ने तर संसदीय छानबिन समिति नबन्दासम्म अन्य कार्यसूची चाहिँ अघि बढाउन नदिने निर्णय गरेको हो
संसदीय छानबिन समिति बनाउने विषयलाई सकारात्मक लिएका छौं । रवि लामिछानेले बोल्ने समय माग्नु भएको छ ।
हामी उहाँलाई सुन्न तयार छौुं बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने,' छानबिन समिति नबनिकन सरकारी बिजनेस प्रवेश गर्न चाहिँ हामी दिन्नौं ।'
उनले लामिछानेलाई सभामुखले बोल्न दिए अवरोध नगर्ने उल्लेख गर्दै उनले बोलेका कुराले समितिको कार्यक्षेत्र तोक्नका लागि सहज हुनसक्ने बताए ।