२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सहकारी प्रकरण 

नेविसंघको प्रदर्शन :  गृहमन्त्री लामिछानेको संलग्नता छानबिनको माग  

बुधवार , जेठ २, २०८१

काठमाडौँ, जेठ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछाने  संलग्न रहेकाले छानबिन समिति गठन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

कांग्रेसले संघीय संसद्‌मा समेत यही माग राखिरहेको बेलामा भातृ संगठन पनि सडकमा उत्रिएको हो । प्रदर्शनमा नेविसंघले गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेको छ ।

गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा ओलीले पनि जोगाउन खोजेको, गिरीबन्धु चिया बगानको जग्गाको सम्बन्धमा एमाले अध्यक्ष ओली दोषी रहेको आरोप पनि नेविसंघका कार्यकर्ताहरूले लगाएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार