२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सरकारको नीति तथा कायृक्रम

घरजग्गा कारोबार : "व्यवस्थित गर्न कानुनी तथा संरचनागत सुधार गरिने"

मंगलवार , जेठ १, २०८१

 

काठमाडौँ, जेठ । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न र जमिनको मूल्यांकन प्रणाली व्यवस्थित गर्न आवश्यक कानूनी तथा संरचनागत सुधार गर्ने घोषणा गरेको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् ।

मालपोत र नापीको आधारभूत सेवा स्थानीय तहबाट एकीकृत रूपमा अनलाइनबाट प्राप्त हुने व्यवस्था गर्ने पनि घोषणा भएको छ ।

आधुनिक प्रविधिबाट भूमिको पुनर्नापी गरी अभिलेख अद्यावधिक गरिने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार