२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एकीकृत समाजवादी पार्टी

स्थायी समिति बैठक शनिबार  : 'ओली र प्रचण्डको साना दलमाथिको अत्याचारबारे छलफल हुने ! '

मंगलवार , बैशाख २५, २०८१



काठमाडौँ,  वैशाख ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी समिति बैठक यही वैशाख २९ गते हुने भएको छ । बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजमा छलफल गरिने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी सञ्चारकर्मीलाई जानकारी दिएका छन । 

स्थायी समितिका निर्णयमा थप छलफल गर्न वैशाख ३० गते पोलिटब्यूरो बैठक बोलाइएको छ । दुवै कमिटीबाट आएका सुझाव सङ्कलन गरेर केन्द्रीय कमिटी बैठकमा पेस गरी साझा धारणा बनाउन लागिएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिएका छन । 

बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर प्रतिनिधि छनोटका कार्यविधिबारे, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ ।

एक केन्द्रिय सदस्ण्का अनुसार, नेकपा एमालेका अध्यक्ष ओलीले जसपा अध्यक्ष उपेन्द्र यादव देश बाहिर भएको अवस्थामा  सत्ता र शत्ति तथा प्रलोभन देखाएर जसपा फुटाएसँगै आफ्नो दलमाथि हुनसक्ने दवाव र खतरामाथि छलफल हुने बताईएको छ ।

 
यसअघि सरकारमा रहँदा पनि जसपाका एक सांसद अपहरण गरेका थिए । त्यो मुद्धा यद्यपी छँदैछ । बलका भरमा अध्यक्ष ओलीले दबाएर राखेको उनले सम्झना गरे । उनले थपे, हाम्रो दलमाथि पनि यस्ता हुनसक्छ ।


उनले थपे, नेकपा समाजवादीमाथि पनि यस्तो खतरा हुने सम्भावना रहेको र त्यसबारे पनि चनाखो बन्ने र आगामी रणनिित तय गर्नेछ ।  

यससँगै प्रचार विभाग प्रमुख खतिवडाले भने,  देशभर साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्य प्रगतिको समीक्षा गरिने बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने बताएका छन । 

पछिल्लो राजनीतिक अवस्था, उपनिर्वाचनको समीक्षासमेत हुने बैठकमा समान विचार राख्ने राजनितिक दल, सङ्घसस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइनेछ ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन हुँदैछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार