२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

इलाम २  : उपनिर्बाचनको मतगणना  ११ बजेपछि  गरिने 

आइतवार , बैशाख १६, २०८१

 

इलाम, बैशाख । इलाम- २ मा ११ बजेपछि मतगणना हुने भएको छ । सर्वदलीय बैठकले बिहान ११ बजे  पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाएका छन।

शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २८७ मत खसेको थियो । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा इलाम नगरपालिकाको ११ वटा वडावाट २० हजार ६६५ मत खसेको थियो ।

देउमाई नगरको ९ वडामा १५ हजार ९८० मत खसेको थियो । त्यस्तै फाकफोकथुम गाउँपालिकाको ७ वडामा ९ हजार ७ सय ४, माङ्सेबुङ र चुलाचुलीका ६र६ वडावाट क्रमशः ७ हजार २ सय ६ र ११ हजार १९८ तथा माईनगरको ३ वटावाट ४ हजार ६३४ मत खसेको थियो ।

चुलाचुली, माङ्सेबुङ, फाकफोकथुम जस्ता विकट पालिकाहरुवाट मतपेटिका संकलन गरी मुचुल्का गर्दा आइतबार बिहान २ बजेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार