२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सिन्धुपाल्चोककाे धारावती  : जन्ती बोकेको बस दुर्घटना, तीनको मृत्यु, ५२ घाइते

शुक्रवार , बैशाख ७, २०८१


चौतारा (सिन्धुपाल्चोक), वैशाख । जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छभने अन्य ५२ जना घाइते भएका छन् ।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । 

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बस भिरमा खसेकाले उद्धारमा केही समस्या भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार