२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राजेन्द्र महतो भन्छन 

नेपाली कम्युनिष्ट   :  " देशको संस्कृति, सभ्यता र पहिचान मेटे "

अब जनतालाई ठग्ने दिन गए

मंगलवार , चैत्र २७, २०८०

 


काठमाडौँ, चैत ।   कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप राजेन्द्र महतोले लगाएका छन् । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन् । 

उनले कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताए । उनले नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिने दाबी गरे । 

उनले नेपालीहरूको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताए । 

उनले क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइरहेको भन्दै अब नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन गएको बताए ।

उनले भने, ‘कम्युनिष्टहरुले नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने, पहिचान मेटाउने काम गरे । धर्म मेटाइदिने काम गरे । सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने । 

सबै मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो । नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिन्छन् । हाम्रा सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक पटक जुन आक्रमण प्रचण्डदेखि केपी ओलीसम्मले गरेका छन् ।

यिनीहरूको पतन हुन्छ । क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइसक्यो । नेपाली जनतालाई अब ठग्ने दिन गए ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार