२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुन तस्करी प्रकरण

मन्त्रिपरिषद् बैठक निर्णय  :  ' सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने '

शुक्रवार , चैत्र २, २०८०

 

काठमाडौँ, चैत । सरकारले सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचुबझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनलाई जस्ताको त्यस्तै कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । 

आयोगले बिहीबार मात्रै सो प्रकरणमा जाँचबुझ गरी गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । गृहमन्त्री लामिछानले शुक्रबार विहानै सो प्रतिवेदन प्रधानमन्त्री दाहाललाई बुझाएका थिए ।

एक मन्त्रीका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले बनाएको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार