काठमाडौँ, फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मन्त्री भएका व्यक्तिहरूको इतिहासबारे ख्याल नराखी जिम्मेवारी दिइएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा अध्यक्ष केसीले सहकारी पीडितहरूले कसरी न्याय पाउँछन् भनेर पनि प्रश्न गरे । राजनीतिक दलहरूका नाम र व्यवहार मेल नखाएको भन्दै उनले आलोचना पनि गरेका छन् ।
अहिले जो सरकार बनेको छ, त्यो सरकारमा कस्ता कस्ता मान्छे आए ? सहकारीको यस्ता चर्का कुरा गर्नुहुन्छ तपाईंहरू, अब त्यो जसले सहकारीको नाममा ब्रह्मलुट मच्चाएको छ तिनी महानुभावलाई सहकारी मन्त्री बनाउनुस् त ? उनले भने, 'नेपाली जनता सहकारीबाट लुटिएका छन् । अनि ती पीडितले न्याय पाउँछन् ?'
मन्त्री भएकाहरूको विगत के थियो र भविष्यमा के गर्नेछन् भन्ने छर्लंग रहेको पनि केसीको भनाइ थियो । 'कसले बुझ्या छैन कुन मान्छेको चरित्र, इतिहास के छ ?, उनले भने ।
प्रधानमन्त्री दाहाललाई भने आफ्नो पद जोगाउनुपर्ने भएकाले त्यस्ता कुराहरूसँग मतलब नराखेको केसीको भनाइ थियो व्यवस्था संघीय भएपनि राजनीतिक दलहरूको व्यवहार त्यस्तो नरहेको केसीको भनाइ थियो ।
एक सालमा तीनवटा गठबन्धन फेरिँदा जनतामा राजनीतिप्रति वितिष्णा पैदा भएको पनि केसीको भनाइ थियो । यस्तो व्यवहारले संघर्षबाट ल्याएको लोकतन्त्रिक गणतन्त्रमाथि कालोबादल मडारिएको केसीको भनाइ थियो ।
ुजनतालाई निराश नपारौं, विगतमा गरेका गल्तीका लागि सार्वजनिक रूपमा आत्मआलोचित हुनुपर्छ,ु उनले भने ।