२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नयाँ सत्ता गठबन्धन

मन्त्रिपरिषदमा हेरफेर :  तीन उपप्रधानसहित नवनियुक्त मन्त्रीले लिए शपथ

बुधवार , फाल्गुण २३, २०८०

 

काठमाडौँ, फागुन । नवनियुक्त १६ जना मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा बुधबार एक समारोहबीच तीन जना उपप्रधानमन्त्रीसहित १६ जनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको पुनर्गठित मन्त्रिपरिषद्का तीन सदस्यले भने सोमबारै शपथ लिएका थिए ।

नवनियुक्त मन्त्रीमा नेकपा एमालेबाट उपप्रधानसहित ८ जना, माओवादी केन्द्रबाट उपप्रधानसहित ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित ४ जना र नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बनेका छन् ।

यस्तो छ कार्यविभाजन :

एमाले 

  • रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
  • पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
  • हरि उप्रेती, रक्षा
  • भगवती चौधरी, महिला बालबालिका
  • राजेन्द्र राई, खानेपानी
  • दामोदर भण्डारी, उद्योग
  • ज्वालाकुमारी साह, कृषि
  • बलराम अधिकारी, भूमि व्यवस्था 

माओवादी केन्द्र :

  • नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
  • वर्षमान पुन, अर्थ
  • शक्ति बस्नेत, उर्जा
  • रेखा शर्मा, सञ्चार
  • हितबहादुर तामाङ, पर्यटन 

रास्वपा

  • रवि लामिछाने  : उपप्रधान तथा गृह
  • डीपी अर्याल     : श्रम
  • विराजभक्त श्रेष्ठ : युवा तथा खेलकुद
  • सुमना श्रेष्ठ        :  शिक्षा   

एकीकृत समाजवादी

  • भानुभक्त जोशी  : संघीय मामिला तथा समान्य प्रशासन
  • धनबहादुर बुढा  :  सहरी विकास

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार