२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

टीआरसी विधेयक 

सरकार लाग्यो छिटो टुंग्याउन  : "  कानुनमन्त्रीले मागे थप छलफलको समय "

विधेयक टुंग्याउने तयारी स्वरुप कानुन समितिको बैठक

आइतवार , फाल्गुण २०, २०८०

 

काठमाडौँ, फागुन ।  सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक टुंग्याउने सरकारले प्रयास थालेको छ ।  समितिको आज बसेको बैठकले बिधेयकको  अवस्थाबारे जानकारी मागेपछि कानुनमन्त्री धनराज गुरुङल‍े थप समय मागेको जनाइएको छ ।  

प्रमुख प्रतिपक्षी दल एमाले सकारात्मक बनेपछि आइतबारै विधेयक टुंग्याउने तयारी स्वरुप कानुन समितिको बैठक बसेको थियो । उक्त बैठकमा कानुनमन्त्री धनराज गुरुङले केही विषय थप स्पष्ट पार्नुपर्ने भन्दै समय मागेपछि समितिकै बैठक निष्कर्षमा पुग्न सकेन । 

विधेयकमा भएको 'स्वेच्छाचारी हत्या' भन्ने शब्द अगाडि 'नियतवस'  भन्ने शब्द थप्नेमा सहमति भइसकेको छ । तर पीडितले सहमति नदिए अभियोजनमा जाने । 

अभियोजन गर्दा सजाय घटी कति गर्ने भन्ने भन्ने अधिकार अभियोजकलाई दिने कि ऐनमै तोक्ने भन्नेमा टुंगो नलागेपछि कानुनमन्त्रीले थप छलफल आवश्यक पर्ने भन्दै समय मागेका हुन् । समितिको आगामी बैठकमा मस्यौदा पेश गर्ने सहमति भएको सभापति विमला सुवेदीले जानकारी दिइन् ।

' सजाय कम गर्ने संसारभरि प्रचलनमा रहेको कुरा हो। फौजदारी लगाउने हो भने संक्रमणकालीन न्यायसम्बन्धी कानुन ल्याउनै परेन ।' 

सजाय घटाउने भन्ने तर कति घटाउने भन्ने कुरा अभियोजकलाई छ । अनि यो भन्दा घटाउन नमिल्ने भन्नुपर्छ कि ! कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीलाई जानकारी दिएका छन । 

अहिले सरकारी वकिलरमहान्यायधिवक्तालाई सजाय माग दाबीको अधिकार कति हुनेरदिने भन्नेबारे छलफल चलिरहेको जनाइएको छ ।  

आयोगले अभियोजन गर्न जायज छ भनेको अवस्थामा त्यस्तो कार्य गर्ने जिम्मेवारी सरकारी वकिलको हो, महान्यायाधिवक्ताको हो,' उनले भने, 'तर त्यस्तो अवस्थामा महान्यायधिवक्ताले कति सजाय माग दाबी गर्ने ? १५ वर्ष सजाय हुने मुद्दामा १--२ महिनाको माग दाबी भयो भने त्यसबाट पीडितलाई न्याय हुदैन । 

यसमा निश्चित प्रतिशतभन्दा कम सजायको व्यवस्था गर्न नपाउने व्यवस्था गर्नुपर्छ । नभए पीडितले न्याय पाउने होइन कि पीडकले सजिलै उन्मुक्ति पाउने अवस्था पनि हुनसक्छ ।'

उनले मेलमिलापको हकमा पीडितले मेलमिलाप गर्न नचाहेको अवस्थामा अदालत जाने बाटो खुला राखिदिनुपर्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार