२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक

प्रमुख सचेतक लेखकले भने  : "  संसद्मा संयमता र धैर्यताका साथ प्रस्तुत होऔँ "

शुक्रवार , फाल्गुण ११, २०८०


काठमाडौँ, फागुन । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा कुनै पनि अवरोध नगरी संयमता र धैर्यताका साथ प्रस्तुत हुन प्रतिपक्षी दलहरुलाई आग्रह गरेका छन । प्रतिनिधिसभाको आजको दोस्रो बैठकको प्रारम्भमा सम्बोधन गर्दै उनले संसद्लाई बढीभन्दा बढी प्रभावकारी बनाउन अनुरोध गरे । 
 
जनताले यही संसद्बाट मुलुकको समृद्धिको आशा राखेका उल्लेख गर्दै सांसद लेखकले सदनलाई स्वस्थ्य, सभ्य, मर्यादित र जिम्मेवारी बनाउन आग्रह गरे ।  

“सदन प्रभावकारी हुन सकेन भने त्यसको प्रत्यक्ष प्रभाव सरकारमाथि पर्न सक्छ । सरकार पनि निष्प्रभावी बन्न सक्छ । संसद्को प्रभाव संविधान र व्यवस्थामाथि पर्न सक्छ”, उनले भने । 

संसद्मा आलोचना, प्रतिआलोचना र घोचपेच हुने उल्लेख गर्दै सांसद लेखकले यी विषयलाई सामान्यरुपमा लिनुपर्ने बताए ।  

संसद्मा सबै सांसद आफ्ना कुरा राख्नका लागि धैर्य र अरुका कुरा सुन्नका लागि संयमित हुनुपर्छ भन्दै उनले भने, “सदनभित्र प्रतिपक्षले सरकारले आलोचना गर्छ, माग गर्छ, त्यो प्रतिपक्षको धर्म हो । प्रतिपक्षले आलोचना ग¥र्यो भनेर सत्तापक्ष आक्रोशित हुनुपर्दैन ।”

प्रतिपक्षी सरकार कुरिरहेको पार्टी हो भन्दै प्रमुख सचेतक लेखकले प्रतिपक्षका बारेमा पनि सत्तापक्षका केही धारणा रहेको हुनसक्ने र त्यो अभिव्यक्ति हुँदैमा प्रतिपक्षी आतङ्कित हुनु नपर्ने बताएका छन ।  

“सरकारले चालु अधिवेशनमा धेरै विधेयक तयारी गरेको छ । यो अधिवशेनबाट धेरै विधेयक पारित गर्नुछ । जनतालाई यही संसद् र व्यवस्थाले हित गर्नसक्छ भन्ने विश्वास दिलाउनु छ । हामी सबै मिलेर अगाडि बढ्नुपर्छ”, उनले भने ।
 
नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सरकारसँग जोडिएका विषयमा प्रतिपक्षले सरकारको जवाफ माग गरेको उल्लेख गर्दै त्यसको प्रतिरक्षाको तहमा कुनै सांसद उभिन नहुने बताएका छन । 

उनले अब बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलले उठाएका सरोकारका विषयमा सम्बोधन गर्नुपर्ने बताए । 
(

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार