काठमाडौँ, फागुन । आजदेखि नेपाली कांग्रेस महासमिति बैठक शुरु हुदैँछ । महासमिति बैठक ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुनेछ ।
बैठकको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले अपराह्न गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा यही फागुन ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन भएका प्रतिवेदनमा छलफल हुनेछ ।
महासमिति बैठकमा दुई हजार एकसय पाँचजना सहभागी हुने भएका छन् ।
केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु एक हजार ७८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइने भएको छ ।