२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

उनान्तीसौँ जनयुद्ध दिवस

प्रधानमन्त्री दाहालले भने : " परिवर्तनकारीहरू गोलबन्द हुने बेला आयाे "

मंगलवार , फाल्गुण १, २०८०


काठमाडौँ, फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताएका छन । 

उनान्तीसौँ जनयुद्ध दिवसका अवसर पारेर आज दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक / सामाजिक क्षेत्रका अगुवालाई स्वागत गर्दै उनले परिवर्तनकारीको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताएका हुन । 

अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने दुई धार देखिएको छ”, प्रधानमन्त्री दाहालले भने, “प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजावाद निर्माणको धारको नेतृत्वमा हामीले गरिरहेका छौँ ।”

परिवर्तनलाई उल्ट्याउन खोज्नेहरु पनि झिनो स्वरमा अघि बढ्न खोजिरहेका उल्लेख गर्दै उनले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धि जोगाउन सबै परिवर्तनकारी एक ठाउँमा आउने बेला भएको बताए । 

विगतमा माओवादी आन्दोलनमा रहेकाहरु बीच संस्थागत रुपमा पनि एकीकरणको पहल भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यससँगसँगै व्यक्तिगत रुपमा पनि क्रान्तिकारी ध्रुवीकृत भइरहेको बताए । 

जनयुद्धबाट स्थापित उपलब्धिलाई संरक्षण गर्ने दायित्व माओवादी नेता, कार्यकर्ताकै भएकाले यसमा सबै गम्भीर भएर ध्रवीकरणमा सामेल हुनुपर्नेमा पनि उनले जोड दिए । 

ऐतिहासिक दिनमा पार्टीमा समाहित भएकामा धन्यवाद दिँदै अध्यक्ष दाहालले राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको सम्मान गर्दै पार्टीमा उचित स्थान दिइने प्रतिबद्धता पनि व्यक्त गरे । 


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार