२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संसदीय समिति बैठक छलफल

सभापति खतिवडाले भने  : "  अध्यागमनसम्बन्धी कानुन तत्काल परिमार्जन गर "

 बैठकले सरकारलाई भन्यो :   ' समयानुकूल बनाऊ '

आइतवार , माघ २८, २०८०

 

काठमाडौँ, माघ । संसदीय समितिले अध्यागमनसम्बन्धी विद्यमान कानुन तत्काल परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ । 

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनसम्बन्धी विद्यमान ऐन, नियम तत्काल परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको हो ।

समयानुकूल हुनेगरी सो सम्बन्धी विधेयक तत्काल परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देश गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

 ‘अध्यागमन सम्बन्धमा विद्यमान ऐन, नियममा समयानुकूल परिमार्जन गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छु, सभापति खतिवडाले भने ।


त्यसैगरी बैठकले मानव तस्करी नियन्त्रण र खुला सीमा सुरक्षा कडा जाँचको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । भिसासम्बन्धी समस्या समाधान गर्न पनि सरकारलाई भनिएको समितिका सभापति खतिवडाले बताए ।

' मानव तस्करी नियन्त्रण गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिने । भिसा समस्या समाधान गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिने ।' 

भिक्षुहरुलाई श्रम भिसा दिनुभन्दा आवश्यक ऐन परिमार्जन गर्न नेपाल सरकारलाई निर्देशन दिने । सडकमा रहेका माग्नेलाई व्यवस्थित गर्न गृह मन्त्रालयलाई निर्देशन दिने । खुला सीमा सुरक्षा व्यवस्था कडा बनाउन नेपाल सरकार गृह मन्त्रालयले समन्वय गर्ने । 

'संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसाग समन्वय गरी एयरपोर्टमा जनशक्ति अपुग भएकालेमा थप जनशक्ति व्यवस्थापन गर्न र बाहिरबाट आउादा त्यहाा भीड नदेखिने गरी यात्रुलाई सहजता दिने आवश्यक पहल गर्ने,' सभापति खतिवडाले भने ।

समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपुग जनशक्ति तत्काल व्यवस्थापन गर्न र राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार