२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संघीय संसद् अधिबेशन

प्रधानमन्त्री दाहालले भने  :"अवधिवेशन बढी विधेयक पारित गर्न केन्द्रित हुन्छ " 

‘यो अधिवेशन विधेयक अधिवेशन हो '

सोमवार , माघ २२, २०८०


काठमाडौँ, माघ । संघीय संसद्को सोमबारबाट सुरु भएको  छ । संसद सुरु भएसँगै बैठकलाइृ सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले यस हिउँदे अधिवेशनमा बढीभन्दा बढी विधेयक पारित गर्न केन्द्रित हुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संघीय संसद् भवन नयाँ बानेश्वरमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले  भने, संसदको चालु अधिवेशनमा बढीभन्दा बढी विधेयक ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताएका हुन् ।

‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ,' उनले भने ।

संसद् अधिवेशनको सुरुवात राम्रो वातावरणमा सुरु भएको बताउँदै प्रधानमन्त्री दाहालले सोही अनुसार अगाडि बढ्ने पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार