२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुदूरपश्चिम प्रदेशमा बर्षा

किसान भन्छन : "  लामो समयपछि बर्षा भयो, अब बाली सप्रिन्छ "

पानी पार्ने प्रणाली विस्तारै कमजोर 

शुक्रवार , माघ १९, २०८०

 

सुदूरपश्चिम, माघ । गत असोजमा मनसुन बहिरिएपछि पहिलो पटक सुदूरपश्चिम प्रदेशमा भएको वर्षाले किसान खुसी भएका छन् । लामो समयपछि वर्षा भएकाले बाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।

कैलालीका किसान रामबहादुर चौधरीले भने, “वर्षा नहुँदा देखिएको सुक्खा मौसमले किसानलाई समस्या थियो । अहिले वर्षा भएसँगै गहुँ, मसुरो, तरकारी, फलफूललगायत हिउँदे खेतीका लागि राम्रो भएको छ ।” 

किसान जागुराम रानाले वर्षाले सिँचाइ सुविधाको अभाव झेलिरहेका किसानलाई ठूलो राहत मिलेको बताए । 

बुधबार रातिदेखि बिहीबार अपराह्नसम्म कैलालीमा १४ दशमलव दुई मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले जानकारी दिएका छन ।  

“गत असोज अन्तिमतिर प्रदेशबाट मनसुनी वर्षा बाहिरिएपछि पहिलो पटक बुधबार र बिहीबार वर्षा भएको छ । यसले हिउँदे बालीका लागि अनुकूल प्रभाव परेको छ”, उनले भने, “वर्षाले मानव स्वास्थ्यका लागि वायुमण्डलमा रहेको अस्वथ्यकर हावालाई पनि सफा बनाएको छ ।” 

पश्चिमी वायुको प्रभाव स्वरुप वर्षा भएको साहले बताएका छन । पानी पार्ने प्रणाली बिहीबार साँझबाट विस्तारै कमजोर हुँदै गएको उनको भनाइ थियो । 

यसवर्ष गत पुस पहिलो हप्तादेखि झण्डै ३५ दिनसम्म बाक्लो हुस्सु र कुहिरोसँगै निरन्तर चलेको शीत लहरले जनवीवन कष्टकर बनेको थियो । 
  
शीतलहरसँगै यही माघ ११ गते एक दशकयताकै सबैभन्दा कम तापक्रम एक दशमलव आठ डिग्रीसेल्सियस मापन गरिएको थियो । पछिल्लो पाँच दिनदेखि शीतलहरको समस्या हटेर घाम लाग्न थालेकामा बुधबार र बिहीबार हिउँदे वर्षा भएको हो । 

वर्षासँगै सुदूरपश्चिम प्रदेशका बाजुरा, बैतडी, दार्चुलाका हिमाली र उच्च पहाडी भेकमा हिमपात भएको छ । वर्षा र हिमपातले सिँचाइको अभावमा हुर्कन नपाएका पहाडी भेकका बालीलाई फाइदा पु¥याएको छ । हिमपातसँगै पहाडी र हिमाली क्षेत्रमा चिसो बढेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार