२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कोशी प्रदेश घटना

मन्त्री गुरुङले भने :  ' मन्त्रीमण्डल फेरबदल तत्काल हुने अवस्था छैन '  

‘क्रसभोट’ घटना , गठबन्धनभित्र गम्भीर समीक्षा सुरु

बुधवार , माघ १७, २०८०

काठमाडौँ, माघ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । 

मन्त्रीहरुको कार्य प्रगतिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्ने बताए पनि कांग्रेस उपसभापतिसमेत रहेका  मन्त्री गुरुङले तत्काल मन्त्री मण्डल परिवर्तन हुने अवस्था नरहेको बताएका छन । 

नेपाल प्रेस युनियन रूपन्देहीले बुधवार  बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सत्तारुढ दलका नेताहरुबीच तत्काललाई अहिलेकै मन्त्रीमण्डल सही रहेकाले परिवर्तन गरिरहन आवश्यक नपर्ने सहमति भएको बताए ।

मन्त्री गुरुङले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ ले गठबन्धनभित्र तरंग ल्याए पनि खासै असर नपार्ने बताए । कोशीमा भएको घटनाले गठबन्धन दलभित्र गम्भीर समीक्षा सुरु भएको उनको भनाइ छ ।

‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही ठिक छ । तर मन्त्रीहरूको पर्फमेन्स चाहीँ देखाउनुपर्छ भन्ने भएको छ । मन्त्रीहरू तत्कालका लागि फेरबदल हुँदैन, गुरुङले भने ।

मन्त्री गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधयेकको विषय सहमतिकै आधारमा टुंगो लगाउनेगरी आफू क्रियाशील रहेको बताए । 

सकभर सहमति नभए प्रक्रियामा गएर भएपनि टिआरसी विधेयक अबको अधिवेशनबाटै टुंगो लाग्ने मन्त्री गुरुङको भनाइ छ । हिउँदे अधिवेशनमा सरकारले धेरैभन्दा धेरै विधेयकहरू लैजाने तयारी गरेको मन्त्री गुरुङले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार