२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संघीय संसद्‍‌ अधिवेशन

राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान 

 बैठक माघ २२ दिउँसो ४ बजे

बुधवार , माघ १०, २०८०


काठमाडौँ, माघ । राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते दिउँसो ४ बजेका लागि संघीय संसद्का‌ दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । 

मंगलबार मन्त्रिपरिषद्ले‌ सिफारिस गरेअनुसार बुधबार राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाएका हुन् ।

राष्ट्रपति पौडेलले माघ २२ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।


संविधानको धारा ९३ को उपधारा (१) मा मन्त्रिपरिषद्को‌ सिफारिसमा राष्ट्रपतिले संसद्‌ अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।

scan20240124-2412024121422-1000x0.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार