२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

लोकतान्त्रिक समाजवादी पार्टी

अध्यक्ष ठाकुरले भने  :  "  मधेसलाई अदालतले पनि न्याय दिएन "

शुक्रवार , माघ ५, २०८०

 


काठमाडौँ, माघ । अदालतले पनि आफूहरुलाई न्याय नदिएको  (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले टिप्पणी गरेका छन् ।

अध्यक्ष ठाकुरले सरकारले मधेसमाथि विभेद जारी राखेको जिकिर गर्दै  भने, अदालतले पनि न्याय दिएन ।

शुक्रबार  काठमाडौंमा आयोजित ‘संविधानको पूर्णता तथा संघीयताको अभ्यास’ विषयक विचार गोष्ठीमा बोल्दै उनले भाषाको सवाल, राष्ट्रिय पोसाकको सवालमा अदालतले पनि मधेसलाई साथ नदिएको बताए ।

उनले सबैभन्दा बढी जनसंख्या भएको मधेस प्रदेशमा कम बजेट दिने कामसमेत भएको भन्दै मधेसमाथि भएको विभेदको विरुद्ध फेरि संघर्ष चर्काउनुपर्ने बेला आएको बताए ।

अध्यक्ष ठाकुरले समग्र मधेसवासीको प्रतिनिधित्व मधेस प्रदेशले मात्रै गर्न नसक्ने भएकाले उनीहरुको हितका लागि पनि आफूहरुले संघर्ष गर्नुपर्ने अवस्था रहेको तर्क गरे ।

अध्यक्ष ठाकुरले बहुजातीय मुलुकमा कुनै खास पोशाकलाई राष्ट्रिय मान्यता दिनेकुरा उपयुक्त नहुने धारणा समेत राखे ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार