काठमाडौँ, माघ । सरकारले ‘राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ लाई संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयको प्रस्तावमा उक्त विधेयक संघीय संसद्मा पेस गर्ने अनुमति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।