२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मौसम पूर्वानुमान महाशाखा भन्छ

पश्चिमी वायुको आंशिक प्रभाव  : " हल्का वर्षा र हिमपातको सम्भावना "

पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै तराईका अधिकांश स्थानमा हुस्सु/ कुहिरो लाग्ने

सोमवार , माघ १, २०८०


  
काठमाडौँ,  माघ ।  नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै बङ्गलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ । 

यही कारण हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
     
महाशाखाका अनुसार अहिले पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै तराईका अधिकांश स्थानमा हुस्सु/ कुहिरो लागेको छ । दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना  छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च  पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
     
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हल्का हिमपातको सम्भावना छ । 

आज काठमाडौँको न्यूनतम तापक्रक ५ दशमलव २ र अधिकतम तापक्रम १९ दशमलव ५ डिग्रीसेल्सियस रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार